नेप्से फेरी निरन्तर ओराली यात्रामा

 अर्थ बुलेटिन   २७ कार्तिक, २०७९



काठमाडौं । तिहारपछि केहि दिन उकालो लागेको नेप्से परिसूचक फेरी निरन्तर ओराली लयमा लागेको छ । 

गत साताको सोमबारदेखिनै ओरालो यात्रा आरम्भ गरेको नेप्सेले यस साताको पहिलो दिनको कारोबारमा पनि ओराली यात्रा नै तया गरेको छ । नेप्से मात्रै होइन पहिलो दिनको कारोवारमा गत विहिवारको तुलनामा कुल कारोबार रकम समेत घटेको छ । 

यस दिन नेप्से परिसूचक १०.५४ अंक घटेर १८८३.१६ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स १.८३ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.६८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५८ अंक घटेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार १ अर्बभन्दा बढीको शेयर कारोबार भएकोमा यस दिन २२५ स्टकको १८ हजार ४५ पटकको कारोबारमा ७७ करोड ४९ लाख ११ हजार रुपैयाँ बराबरको २० लाख २८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

आइतबार लक्ष्मी इक्वीटि फण्डको इकाईमूल्य सर्वाधिक ७.९० प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन लक्ष्मी उन्नती कोषको इकाईमूल्य ३.७७ प्रतिशत बढेको छ भने मन्दाकिनी हाइड्रोपावरको शेयरमूल्य ३.७४ प्रतिशत बढेको छ। यस दिन नबिल ब्यालेन्स्ड फण्ड २ को इकाईमूल्य सर्वाधिक ६.९० प्रतिशत घटेको छ भने निर्धन उत्थान लघुवित्तको शेयरमूल्य ६.४० प्रतिशत घटेको छ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation