विदेशी मुद्राको आजको विनिमय दर

 अर्थ बुलेटिन   १ मंसिर, २०७९



काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहिबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जस अनुसार एक अमेरिकी डलरको खरिदर १२९ रुपैयाँ ७८ पैसा छ भने बिक्रीदर १३० रुपैयाँ ३८ पैसा रहेको छ ।

युरोपियन युरो एकको खरिददर १३५ रुपैयाँ २८ पैसा र बिक्रीदर १३५ रुपैयाँ ९१ पैसा छ भने अष्ट्रेलियन डलर एकको खरिदमा ८८ रुपैयाँ ०३ पैसा र बिक्रीमा ८८ रुपैयाँ ४४ पैसा कायम भएको छ । क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ०६ पैसा र बिक्रीदर ९८ रुपैयाँ ५२ पैसा र यस्तै सिङ्गापुरे डलरको खरिददर ९४ रुपैयाँ ९० पैसा र बिक्रीदर ९५ रुपैयाँ ३४ पैसा रहेको नेपाल राष्ट्र बैकले जनाएको छ।

जापानी येनमा १० एकको खरिदमा ९  रुपैयाँ ३१ पैसा र बिक्रीमा ९ रुपैयाँ ३६ पैसा, चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ३३ पैसा र बिक्रीदर १८ रुपैयाँ ४१ पैसा, साउदी अरेवियन रियाल एकको खरिदमूल्य ३४ रुपैयाँ ५३ पैसा र बिक्रीमूल्य ३४ रुपैयाँ ६९ पैसा, कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३५ रुपैइाँ ६५ पैसा र मलेसियन रिंग्गेट एकको खरिददर २८ रुपैयाँ ५५ पैसा र बिक्रीदर २८ रुपैयाँ ६९ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation