विदेशी मुद्रा आजको विनिमय दर

 अर्थ बुलेटिन   २ मंसिर, २०७९



काठमाडौं । नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार नेपाली बजारमा एक अमेरिकी डलरको खरिद मूल्य १३० रुपैयाँ ३५ पैसा र बिक्री मूल्य १३० रुपैयाँ ९५ पैसा छ ।

युरोपियन युरो एकको खरिददर १३५ रुपैयाँ ०९ पैसा र बिक्रीदर १३५ रुपैयाँ ७२ पैसा, अष्ट्रेलियन डलर १ ले घटेर खरिद ८७ रुपैयाँ २८ पैसा छ भने बिक्रीदर ८७ रुपैयाँ ६८ पैसा कायम भएको छ ।१ रुपैयाँले घटेर क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ६३ पैसा र बिक्रीदर ९८ रुपैयाँ ०८ पैसा कायम छ । सिङ्गापुरे डलरको खरिददर ९४ रुपैयाँ ८२ पैसा र बिक्रीदर ९५ रुपैयाँ २५ पैसा रहेको नेपाल राष्ट्र बैकले जनाएको छ।

यसैगरी जापानी येनमा १० एकको खरिदमा ९  रुपैयाँ ३४ पैसा र बिक्रीमा ९ रुपैयाँ ३८ पैसा, चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ २५ पैसा र बिक्रीदर १८ रुपैयाँ ३३ पैसा, साउदी अरेवियन रियाल एकको खरिदमूल्य ३४ रुपैयाँ ६८ पैसा र बिक्रीमूल्य ३४ रुपैयाँ ८४ पैसा, कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३५ रुपैयाँ ७२ पैसा र मलेसियन रिंग्गेट एकको खरिददर २८ रुपैयाँ ६३ पैसा र बिक्रीदर २८ रुपैयाँ ७६ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation