नेपालगञ्ज र जानकीमा सिभिल बैंकको ‘गो क्यासलेस अभियान’

 अर्थ बुलेटिन   १७ मंसिर, २०७९



वाँके । सिभिल बैंकले बाह्रौं वार्षिकोत्सवको अवसर पारेर घोषणा गरे वमोजिम नेपालगञ्ज र जानकीमा ‘गो क्यासलेस अभियान’ आरम्भ गरेको छ । 

जानकीमा आयोजित एक कार्यक्रमका बिच जानकी गाउँपालिकाका उपाध्यक्ष लालमति देवि कठरीयाले ‘गो क्यासलेस अभियान’ उद्घाटन गर्नुभयो । कार्यक्रममा जानकी गाउँपालिका वडा नं १ का अध्यक्ष सुरेस कुमार चौधरी, फोन पेका प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटा, अस्थायी प्रहरी पोष्टका प्रमुख प्रहरी सहायक निरिक्षक सुरत बहादुर बोहरा, दुर्गौली बजार व्यवस्थापन समितिको अध्यक्ष अमर बहादुर बिष्ट, स्थानिय बुध्दिजिवि मोहन उपाध्याय, टिकापुर रिक्सा व्यवसायी मुल समितिका अध्यक्ष लोक बहादुर बुढा क्षेत्री, जानकी अटो सेवाको अध्यक्ष तथा अटो चालक मोहन खत्री, ई रिक्सा अटो यातायात व्यवसायी संघका अध्यक्ष रामेश्वर प्रसाद महतो, विभिन्न टेम्पू व्यवसायीहरुको उपस्थितीमा सम्पन्न भएको थियो ।

त्यसैगरी, नेपालगन्जमा आयोजित ‘गो क्यासलेस अभियान’ को नेपालगंज उपमहानगरपालिकाको उपमेयर कमोरद्दिन राईले उद्घाटन गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा नेपाल राष्ट्र बैंक, नेपालगंजका उपनिर्देशक छवी लाल घिमिरे, नेपालगंज उपमहानगरपालिका वडा नं ९ का वडा अध्यक्ष गोविन्द प्रसाद रेग्मी, जिल्ला ट्राफिक प्रहरी कार्यालय, बॉकेका प्रमुख  प्रहरी निरिक्षक हिमालय शाह, नेपाल पत्रकार महासंघका अध्यक्ष दामोदर भण्डारी, टेम्पू व्यवसायीहरु र मीडियाकर्मीहरु उत्साहका साथ सहभागी थिए ।

डिजीटल पेमेन्ट सिस्टमले गर्दा अब ग्राहकहरुले सुबिधा सँगै सुरक्षा प्रदान गरेको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि नेपालगंज उपमहानगरपालिकाको उपमेयर कमोरद्दिन राईले भन्नुभयो ।
जतिको बिल आयो त्यति रकम मात्रै डिजीटलको माध्यमबाट भुक्तानी गर्दा आफूले गरेका खर्चहरुको विवरणहरुको समीक्षा गरेर फजुल खर्चहरुलाई घटाई अनावस्यक फजुल खर्चमा कमी ल्याई बचतमा वृद्धि गर्न सकिने र यस्तै साना साना बचतले भविष्यमा पुँजी निर्माण गरी आफू तथा सिंगो राष्ट्रलाई समेत समृद्ध बनाउन सकिने कुरा सिभिल बैंकका चिफ बिजिनेस भोला बहादुर विष्टले भन्नु भयो । 

सिभिल बैंकले २०१९ अगस्ट देखि नै सुरु गरेको नगद रहित अभियान अहिले देशको दुर्गम भन्दा दुर्गम स्थान देखि देशका प्रमुख सहरहरुमा सम्म गरी चालीस हजार भन्दा बढी क्यू आर मर्चेन्टहरुलाई आवद्ध गरी सकेको कुरा पनि वैंकले जनाएको छ ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation