विदेशी मुद्रा विनिमय सम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रम

 अर्थ बुलेटिन   १५ पौष, २०७९



काठमाडौं । यस गरिमा विकास बैंक लिमिटेड र विदेशी मुद्रा विनिमय संघ – नेपालको संयुक्त आयोजनामा विदेशी मुद्रा विनिमय सम्बन्धी एक दिने बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल राष्ट्र बैंकका विशिष्ट प्रतिनिधिहरु तथा विभिन्न विदेशीमुद्रा विनिमयका संचालक तथा कर्मचारीहरु गरि ११० जना भन्दा बढिको उपस्थितीमा ठमेलमा रहेको होटल र्मस्याङ्दीमा सम्पन्न उक्त कार्यक्रममा नेपालमा विदेशी मुद्रा विनिमय, एंटि मनी लण्डरिङ (गो एएमएल), सम्पती शुद्धिकरण लगायतका समसामयिक विषयहरुमा बृहत छलफल तथा प्रशिक्षण सम्पन्न भएको छ ।

यस गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत श्री गोविन्द प्रसाद ढकाल ज्यूले पनि उक्त कार्यक्रमलाई सम्बोधन गर्दै देशको समग्र बैकिङ प्रणालीमा विदेशी मुद्रा विनिमयको स्थितीको बारेमा भनाई राख्नु भएको थियो । हाल, गरिमा विकास बैंकले लाजिम्पाट, ठमेल, माछापुच्छ्रे लगायतविभिन्न शाखाहरुबाट विदेशीमुद्रा सटहीको सरल व्यवस्थागर्दै आईरहेको छ ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation