माया लाउन्ज एण्ड रेस्ट्रोमा कुमारीका ग्राहकलाई विशेष

 अर्थ बुलेटिन   ६ माघ, २०७९



काठमाडौं । माया  लाउन्ज एण्ड रेस्ट्रोका विविध सेवाहरुमा कुमारी बैंक लिमिटेडका ग्राहकले विशेष छुट पाउने भएका छन् । 

डिजिटल कारोबारमा ग्राहकहरू आकर्षित भईरहेको वेला ग्राहकहरूलाई डिजिटल कारोबारमा प्रोत्साहन गर्नका निमित्त कुमारी बैंकले यस सहकार्य मार्फत माया लाउन्ज एण्ड रेस्ट्रोका विभिन्न सेवाहरुमा आकर्षक छुटको प्रावधान गरेको हो । 

बैंकका डेबिट÷क्रेडिट कार्डवाहक र मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुले उक्त रेस्ट्राको माछापोखरी र मध्य वानेश्वोर शाखाबटा खाना र पेय पदार्थ शुल्कमा १०% र विभिन्न भेला वा समारोहमा १५% सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

कुमारी बैंकले आफ्ना देशव्यापी ३०४ शाखा सञ्जाल,  ३४५ एटिएम, ६२ शाखारहित बैंकिङ्ग ईकाई तथा ४८ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लगिने प्रतिबद्धता जनाएको छ । 

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation