कुमारी बैंकका ग्राहकलाई ल्याण्डमार्क होटलमा विशेष छुटकाठमाण्डौं, चितवन र पोखरा शाखाहरुमा आकर्षक छुट पाइने

 अर्थ बुलेटिन   १९ फागुन, २०७९



काठमाडौं । कुमारी बैंक लिमिटेड र ल्याण्डमार्क होटल एण्ड रिसोर्टबिच कुमारी बैंक लिमिटेडका ग्राहकहरुलाई होटलको सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ । 

डिजिटल कारोबारमा ग्राहकहरू आकर्षित भइरहेकोे कुरालाई मध्यनजर गर्दै आफ्ना ग्राहकहरूलाई डिजिटल कारोबारमा प्रोत्साहन गर्नका निमित्त कुमारी बैंकले यस सहकार्य मार्फत ल्याण्डमार्क होटेल एण्ड रिसोर्टका काठमाण्डौं, चितवन र पोखरा शाखाहरुमा आकर्षक छुटको प्रावधान गरेको हो । 

सम्झौता अनुसार कुमारी बैंक लिमिटेडका डेबिट/क्रेडिट कार्ड लगायत मोबाइल बैंकिंग प्रयोगकर्ताहरुले ल्याण्डमार्क होटेल एण्ड रिसोर्टबाट विभिन्न सेवाहरु जस्तै लजिङ्ग र फुडिङ्ग शुल्कमा १०% सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

आफ्ना देशव्यापी ३०४ शाखा सञ्जाल, २९४ एटिएम, ६२ शाखारहित बैंकिङ्ग ईकाई तथा ४९ एक्सटेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरूलाई अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे कुमारी बैंकले आगामी दिनहरुमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्दै जाने प्रतिबद्धता जनाएको छ ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation