महालक्ष्मी विकास बैंक लिमिटेडका ग्राहकहरुलाई मनकामना केबुलकार सेवामा विशेष छुट

 अर्थ बुलेटिन   ८ चैत, २०७९



काठमाडौं । मनकामना केबुलकार प्रयोग गर्दा महालक्ष्मी विकास बैंकका ग्राहककले विशेष छुट पाउने भएका छन् । 

छुट प्रदान गर्ने वारेमा महालक्ष्मी विकास बैंक र मनकामना दर्शन प्रा. लि. विच एक आपसमा सम्झौता भएको छ । 

सम्झौता पश्चात महालक्ष्मी विकास बैंकका डेविट तथा क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरुले कुरिनटार स्थित सञ्चालित केबुलकार सेवामा विशेष छुट प्राप्त गर्न सक्नेछन् । बैंकका ग्राहकहरुले उक्त  केबुलकार सेवामा १०% को आकर्षक छुट प्राप्त गर्नेछन् ।

“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्ष देखि सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंक लिमिटेडले यस किसिमको सहकार्यबाट बैंकका डेविट तथा क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ । साथै डिजिटल युगसँग नेपाली जनतालाई साक्षतकार गराउने उद्देश्यले बैकले विभिन्न शाखाहरुबाट वित्तीय जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्दै आएको पनि जनाएको छ । 

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation