कुमारी बैंक र नेसनल प्याथ ल्याब काठमाण्डौ बीच सेवामा छुट दिने सम्झौताइन्-हाउस परीक्षणमा २०% र आउटसोर्स १०% सम्मको आकर्षक छुट

 अर्थ बुलेटिन   १३ चैत, २०७९



काठमाडौं । नेसनल प्याथ ल्याबका विभिन्न स्वास्थ्योपचार सेवा शुल्कमा कुमारी बैंकको डेबिट तथा क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा ल्यावको विभिन्न सेवाहरुमा आकर्षक छुट पाइने भएको छ ।

आफ्ना ग्राहकहरुलाई स्वदेशमै गुणस्तरीय स्वास्थ्योपचारमा सहुलियत दिने उद्देश्यले कुमारी बैंक लिमिटेडले, नेसनल प्याथ ल्याबविच छुट दिने वारेमा एक सम्झौता भएको छ । 

सम्झौता अनुसार इन्-हाउस परीक्षणमा २०% र आउटसोर्स १०% सम्मको आकर्षक छुट हुने भएको छ ।

कुमारी बैंकले आफ्ना देशव्यापी ३०४ शाखा सञ्जाल, २९४ एटिएम, ६२ शाखारहित बैंकिङ्ग ईकाई तथा ४८ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लगिने प्रतिबद्धता जनाएको छ ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation