गरिमाको नयाँ क्यालेण्डर र वेवसाईट विमोचन

 अर्थ बुलेटिन   १७ चैत, २०७९



काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले शुक्रवार नयाँ वर्ष २०८० सालको आफ्नो आधिकारीक क्यालेण्डर विमोचन गरेको छ । 

बैंकको केन्द्रिय कार्यालयमा आयोजना गरिएको एक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल र नायव प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्यायले संयुक्त रुपमा क्यालेण्डरको विमोचन गर्नुभयो । 

बैंकले देश भित्रका विभिन्न पर्यटकिय क्षेत्रहरु समावेश भएको आर्कषक भित्ते क्यालेण्डर र विभिन्न प्रजातीका चरा तथा वन्यजन्तु समावेश भएको टेवल क्यालेण्डर प्रकाशन गरेको छ । 

सोहि कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले स्तरोन्नती  गरि ग्राहकमैत्रि बनाईएको बैंकको नयाँ वेवसाईटको समेत शुभारंभ गर्नुभएको छ । 

गरिमा विकास बैंकले नेपालभर आफ्नो १२१ शाखा कार्यालय र ४९ एटिएमबाट सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रदान गर्दै आईरहेको छ । 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation