राष्ट्रपतिद्वारा एनआईसीका संस्थापक अध्यक्ष जगदीश प्रसाद अग्रवाल सम्मानित ‘सुप्रबल जनसेवाश्री’ विभूषण प्रदान

 अर्थ बुलेटिन   १ बैशाख, २०८०



काठमाडौं । सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलद्धारा एनआईसी एशिया बैंक लिमिटेडका संस्थापक अध्यक्ष तथा हालका प्रमुख सल्लाहकार तथा प्रतिष्ठित उद्योगी व्यवसायी जगदीश प्रसाद अग्रवाललाई ‘सुप्रबल जनसेवा श्री’ विभूषण प्रदान गर्नुभएको छ । 

संविधान दिवसको अवसरमा २०७९/०६/०३ का दिन घोषित उक्त सम्मानित विभूषण आव बैशाख १ गतेका दिन राष्ट्रपतिको कार्यालय, राष्ट्रपति भवन, महाराजगञ्जमा आयोजित सुशोभन समारोहका बीच सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलद्धारा प्रदान गर्नु भएको हो । 

६ दशकदेखि देशको उद्योग, वाणिज्य तथा व्यापार क्षेत्रमा अनवरत रुपमा खटिदै एक सफल उद्योगी व्यवसायीको रुपमा स्थापित अग्रवालले कुशल व्यवसायीक रणनीतिकार एवम् उत्कृष्ट व्यवस्थापकको रुपमा अनुकरणीय उद्यमशिलता मार्फत राष्ट्रको सर्वाङ्गीण आर्थिक तथा सामाजिक विकासमा उल्लेखनीय योगदान पु¥याउदै आउनु भएको छ । उहाँ बैंकको पूर्व अध्यक्षहुनुको साथै हाल विशाल गु्रपको अध्यक्ष समेत  हुनुहुन्छ । 

उहाँले मैनावती स्टिल इन्डष्ट्रिज, कमला आइरन एण्ड स्टिल इन्टरनेसल प्रा. लि., कमला रोलिङ मिल्स प्रा.लि. तथा अन्य विविध व्यापार–वाणिज्य क्षेत्रहरूमा गरी भूमिका निर्वाह गर्दै आउनु भएको छ । साथै, उहाँले बैंक, बीमाकम्पनी र अन्य वित्तकम्पनी मार्फत आम सर्वसाधारणको बैंकिङ्ग तथा बीमा पहुँचअभिवृद्धि गर्ने लगायत समग्र अर्थतन्त्र र आमजनमानसको वृहत्तर हितको लागि विशिष्ट योगदान पु¥याउँदै आउनुभएको छ ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation