महालक्ष्मी विकास बैंकको ऋणपत्र पुरै विक्रिबैंकप्रति लगानीकर्ताको विश्वास रहेको प्रमाणित

 अर्थ बुलेटिन   ५ बैशाख, २०८०



काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले मिति २०७९ साल चैत्र २९ गते देखि निष्काशन खुल्ला गरेको “११% महालक्ष्मी डिवेन्चर – २०८९” तोकिएको समय भित्रै अर्थात ४ बैशाख  २०८० भित्रै पूर्ण रुपमा बिक्री भईसकेको छ । 

दश बर्ष अवधि तथा वार्षिक व्याजदर एघार प्रतिशत भएको “११% महालक्ष्मी डिवेन्चर –२०७९” प्रति ऋणपत्र एक हजार रुपैँया अंकित मुल्यका दश लाख कित्ताले हुन आउने जम्मा रकम रु. एक अर्ब रुपैंया बराबरको ऋणपत्रमध्ये साठी प्रतिशत रकम व्यक्तिगत तवरबाट र चालिस प्रतिशत रकम सर्वसाधारण नेपालीहरुको लागि सार्वजनिक निष्काशनबाट बिक्रीका लागि खुल्ला गरिएको थियो ।

इच्छुकले न्यूनतम २५ कित्तादेखि अधिकतम ४ लाख कित्ता सम्मको लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको उक्त ऋणपत्र खरीदका लागि छिटोमा बैशाख ४ गते र ढिलोमा बैशाख १३ गतेसम्म आवेदन दिइसक्नुपर्ने व्यवस्था गरिएको थियो । यस बैंकको ऋणपत्र तोकिएको छिटो अवधि अर्थात बैशाख ४ गते नै डेढ गुणाले भन्दा बढी खरिद भएको हो । ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा एनआईसी एशिया क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको थियो । 

समय अवधि अगावै पूर्ण रुपमा बिक्रि हुन सफल भएकोमा बैंकले सम्पूर्ण संस्थागत तथा व्यक्तिगत लागानिकर्ताहरुलाई हार्दिक आभार तथा धन्यवाद प्रकट गर्नुका साथै ऋणपत्र प्रतिको आकर्षण र बैंकप्रतिको विश्वासका लागि बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले हार्दिक कृतज्ञता व्यक्त गर्नुभयो ।

“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्ष देखि अनवरत रुपले गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकको देशभर १०३ शाखा कार्यालयहरु र करिब ७ लाख ग्राहकहरु रहेका छन् ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation