भुरुङ तातो पानीमा गरिमाको एटिएम सेवा

 प्रकाश भट्ट   २१ बैशाख, २०८०



म्याग्दी । गरिमा विकास बैंकले उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका ०२, भुरुङ तातो पानीमा मुस्ताङ्ग आउने जाने पर्यटकहरुलाई लक्षित गरी एटिएम सेवा सुरु गरेको छ । 

एक कार्यक्रमका बिच बैंकका संचालक दिपेन्द्र श्रेष्ठ र सोहि गाउँपालिका अध्यक्ष  भरतकुमार पुनले संयूक्त रुपमा एटिएम सेवाको उद्घाटन गर्नुभएको थियो । 

म्याग्दीकै पर्यटकीय स्थल भुरुङ तातोपानी भएर मुस्ताङ आउने जाने पर्यटकहरुलाई गरिमा विकास बैैंकको एटिएम काउन्टरले आर्थिक कारोबार गर्न सहज हुने बैंकले अपेक्षा गरेको छ । 

बैंकले देशभर १२१ शखा कार्यालय, ५० एटिएम साथै डिजि बटुवा, डेविट÷क्रेडिट कार्ड लगायतका डिजिटल बैंकिङ मार्फत सेवा प्रदान गर्दै आईरहेको बैंकले जनाएको छ ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation