आजको बिदेशी मुद्राकाे बिनिमयदर, चाइनिज युआन १८ रुपैयाँ बढी

 अर्थ बुलेटिन   २५ सावन, २०८०



काठमाडौ । नेपाल राष्ट्र बैंकले आजका लागि विभिन्न मुलुकहरुको मुद्रा बिनिमयदर तोकेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर १ को खरिद मूल्य १३२ रुपैयाँ २१ पैसा रहेको छ भने विक्रीदर मूल्य १३२ रुपैयाँ ८१ पैसा रहेको छ । त्यस्तै, युरो १ को १४५ रुपैयाँ १० पैसामा काराेबार हुनेछ ।

हिजो अमेरिकन डलरको खरिद दर १३२ रूपैयाँ २३ पैसा र बिक्री दर १३२ रूपैयाँ ८३ पैसा रहेको थियो भने युरो एकको खरिद दर १४४ रूपैयाँ ८४ पैसा र बिक्री दर १४५ रूपैयाँ ५० पैसा रहेको थियो।    बेलायती पाउण्ड स्ट्रलिङ १६८ रुपैयाँ ३५ पैसा, अष्ट्रेलियन डलर ८६ रुपैया ४५ पैसा र क्यानेडियन डलर ९८ रुपैयाँ ४७ पैसामा काराेबार हुदाँ सिंगापुर डलर ९८ रुपैयाँ २६ पैसामा खरिदबिक्री हुनेछ ।

जापानी येन आज १० को ९ रुपैयाँ २२ पैसामा काराेबार हुदाँ चाइनिज युआन १८ रुपैयाँ ३५ पैसा कायम गरिएकाे छ ।उता खाडी क्षेत्रका मुलुकहरुमा कतारी रियाल खरिद मूल्य १ को ३६ रुपैयाँ ३० पैसा, साउदी रियालकाे ३५ रुपैयाँ २४ पैसा, युएइ दिराम ३६ रुपैयाँ, मेलसियन रिङगेट भने २८ रुपैयाँ ९२ पैसा कायम हुदाँ कुवेती दिनार ४२९ रुपैयाँ ८३ पैसा र बहराइन दिनार ३५० रुपैयाँ ७१ पैसामा काराेबार गर्न सकिनेछ ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation