८०० रुपैयाँले घट्याे सुनको मूल्य

 अर्थ बुलेटिन   ३२ सावन, २०८०



काठमाडौ । नेपाली बजारमा बिहीबार पनि सुनको भाउ घटेको छ।  सुनको भाउ तोलामा ८०० रुपैयाँले घटेको छ । योसँगै प्रतितोला छापावाल सुन  १ लाख १० हजार ४०० रुपैयाँ र तेजाबी सुन  १ लाख ९ हजार ८५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार पनि सुनको भाउ तोलामा १०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला छापावाल सुन  १ लाख ११ हजार २०० रुपैयाँ र तेजाबी सुन  १ लाख १० हजार ६५० रुपैयाँमा कारोबार भएको थियो। शुक्रबार चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेर १ हजार ३७० रुपैयाँ कायम भएको छ। बुधबार तोलामा ५ रुपैयाँले घटेर १ हजार ३७५ रुपैयाँमा किनबेच भएको थियो। 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation