नेप्से सूचक ८.०१ अंकले बढ्याे

 अर्थ बुलेटिन   ३२ सावन, २०८०



काठमाडौ। सेयर बजारले बिहीबार सकारात्मक संकेत देखाएको छ । यस दिन नेप्से सूचक ८.०१ विन्दुले बढेर २०३३.१३ अंकमा आएको छ । १ अर्ब ५४ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

यसअघि विशेषगरी बजारमा ब्याजदर वृद्धिको हल्ला बेस्सरी चलेको थियो । सबै बैंकले बढाउन सक्ने अनुमान पनि भइरहेको थियो । तर ब्याजदर बढाउनेमात्र होइन, घटाउने बैंकहरु पनि भए । एक दर्जन बैंकले ब्याजदर बढाए पनि विशेषगरी ठूला र सबल बैंकहरुले भने ब्याजदर घटाए । केहीले स्थिर पनि राखे ।

यस दिन २७१ कम्पनीको ४० लाख ९ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १३ करोड ७१ लाख रुपैयाँसहित कारोबार रकममा सोल्टी होटेल अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः आइएमई लाइफ इन्सुरेन्स र घोराही सिमेन्ट्स परेका छन् । 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation