हाथवेको आईपीओ भदाै पहिलो साताबाट

 अर्थ बुलेटिन   ३२ सावन, २०८०



काठमाडौ ।  हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले भदौको पहिलो साताबाट सर्वसाधारणलाई आईपीओ बिक्री खुला गर्ने तयारी थालेको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार यस कम्पनीको आईपीओ भदौको पहिलो साता खुला हुने सम्भावना छ । यद्धपि, यसको आधिकारीक सूचना भने आउन बाँकी छ ।

कम्पनीले आफ्नो जारी पुँजी १ अर्ब १७ करोड रुपैयाँको १२.५० प्रतिशतले हुन आउने १४ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको आईपीओ बिक्री गर्ने अनुमति पाएको हो । यसमध्ये कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि १ करोड ४६ लाख २५ हजार रुपैयाँ बराबरको २ लाख ९२ हजार ५ सय कित्ता सेयर निष्कासन गरिसकेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई बिक्री गरेको आइपीओ बिहीबार बाँडफाँट समेत भएको छ ।

कम्पनीले २९ लाख २५ हजार रुपैयाँ बराबरको ५८ हजार ५ सय कित्ता सेयर कर्मचारीहरुका लागि र ७३ लाख १२ हजार ५ सय रुपैयाँ बराबरको १ लाख ४६ हजार २५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याएको हो ।

बाँकी रहेको १२ करोड १३ लाख ८७ हजार ५ सय रुपैयाँ बराबरको २४ लाख २७ हजार ७५० कित्ता सेयर कम्पनीले सर्वसाधारणका लागि निष्कासन गर्नेछ । लगानीकर्ताले सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र सीडीएस एन्ड क्लियरिङ लिमिटेडको मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सक्नेछन् ।

यसमा ग्लोबल आइएमई क्यापिटल बिक्री प्रबन्धक रहेको छ । नेपालमा पहिलो पटक इन्भेष्टमेन्ट कम्पनीले आईपीओ जारी गर्न लागेको हो । 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation