आजको विदेशी मुद्राको विनिमय दर, अमेरिकन डलरकाे भाउ झन्डै १३३ रूपैया

 अर्थ बुलेटिन   १ भदौ, २०८०



काठमाडौ। नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । 

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलरको खरिद दर १३२ रूपैयाँ ७४ पैसा र बिक्री दर १३३ रूपैयाँ ३४ पैसा तथा युराेपियन युरो एकको खरिद दर १४४ रूपैयाँ ५० पैसा र बिक्री दर १४५ रूपैयाँ १५ पैसा कायम गरिएकाे छ ।

बेलायती पाउण्ड एकको खरिद दर १६९ रूपैयाँ ३१ पैसा र बिक्री दर १७० रूपैयाँ ०८ पैसा कायम हुदाँ अस्ट्रेलियन डलर एकको खरिद दर ८५.३७ रुपैयाँ र बिक्री दर ८५.७६ रुपैयाँ  तथा क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ २९ पैसा र बिक्रीदर ९८ रुपैयाँ ७४ पैसामा काराेबार हुनेछ । जापानिज येन १० को खरिदमा ९ रुपैयाँ ९ पैसा र बिक्रीदर ९ रुपैयाँ १३ पैसा भाउ पुग्दा दक्षिण काेरिया वन १०० को खरिदमा ९ रूपैयाँ ९१ पैसा र बिक्रीदर  ९ रूपैयाँ ९६ पैसा कायम गरिएकाे छ ।

यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ४१ पैसा र बिक्री दर ३६ रूपैयाँ ५८ पैसामा काराेबार हुने जनाएकाे राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.४ रुपैयाँ र बिक्री दर ३५.५६  रुपैयाँ, मलेसियन रिंगिट एकको खरिद दर २८.५३ रुपैयाँ रहेको छ भने बिक्री दर २८.६६ रुपैयाँमा खरिदबिक्री हुनेछ ।  साथै, कुवेत दिनार १ को खरिदमूल्य ४३१.४ पैसा  विक्रीदर ४३२.९९ पैसामा काराेबार गर्न सकिने जनाइएकाे छ ।

 


 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation