माथिल्लो मैलुङ खोलाको आपीईओमा आवेदन दिने समय पुनः थप

 अर्थ बुलेटिन   १ भदौ, २०८०



काठमाडौ । माथिल्लो मैलुङ खोला जलविद्युतको आईपीओमा आवेदन दिने म्याद पुनः थप भएको छ । स्थानीय बासिन्दाले कम्पनीको आईपीओमा भदौ १७ गतेसम्म आवेदन दिन सक्नेछन् । यसअघि यस कम्पनीले शुक्रबार अर्थात् भदौ १ गतेसम्म आवेदन दिन सक्ने जनाएको थियो । तर, आईपीओ जारी भएको समयमा आयोजना प्रभावित क्षेत्रमा अविरल वर्षाका कारण बाढी पहिरो आएको कम्पनीले जनाएको छ ।

यसले भौगोलिक जटिलता, मौसमी प्रतिकुलता तथा प्राकृतिक प्रकोपजस्ता समस्या कारण यातायात सञ्चालन अवरुद्ध भएकाले तोकिएको संकलन केन्द्रमा दरखास्त फारम बुझाउन सहज नहुने विशेष परिस्थिति र्सिजना भएको कम्पनीले जनाएको । फलस्वरुपः आईपीओमा आवेदन दिने समय थप गरेको कम्पनीको भनाई छ ।

यस कम्पनीले साउन ४ गतेदेखि आयोजना प्रभावित स्थानीयका लागि आइपीओ बिक्री खुला गरेको हो । कम्पनीले स्थानीयलाई जारी पुँजी १ अर्ब रुपैयाँको १०% अर्थात १० करोड रुपैयाँ बराबरको सेयर बिक्रीमा ल्याएको हो । यसले १ सय अंकित मूल्यमा १० लाख कित्ता सेयर स्थानीयलाई जारी गरेको हो । योमध्ये ५ लाख ७१ हजार ४३० कित्ता सेयर आयोजना अति प्रभावित क्षेत्र रसुवा जिल्लाको उत्तरगया गाउँपालिका वडा नं. १ का बासिन्दालाई छुट्याइएको छ ।

त्यस्तै, २ लाख ८५ हजार ७२० कित्ता सेयर आयोजना प्रभावित क्षेत्र रसुवा जिल्लाको उत्तरगया गाउँपालिकाकै वडा नं. २, ३, ४ र ५ तथा नुवाकोट जिल्लाको किस्पाङ गाउँपालिका अन्तर्गतका वडा नं. ५ का स्थानीयका लागि निष्कासन खुला भएको छ । यी क्षेत्र बाहेक रसुवा जिल्लाका अन्य क्षेत्रका स्थानीय बासिन्दाका लागि पनि १ लाख ४२ हजार ८५० कित्ता सेयर जारी गरिएको छ ।

यसमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । क्रेडिट रेटिङ संस्था केयर रेटिङ नेपालले यस कम्पनीलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जानाउने ‘केयर एनपी डबल बी इस्यूअर रेटिङ’ प्रदान गरेको छ ।

स्थानीयले यस आयोजनाको आयोजना स्थल, सानिमा क्यापिटल, सानिमा बैंक र एनएमबि बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले सेयर खरिद आवेदन प्राप्त गर्नका लागि दरखास्त फारमबाट २ रुपैयाँ शुल्क बुझाउनुपर्नेछ । 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation