सुनचाँदीको मूल्य स्थिर, आज कतिमा हुँदै छ कारोबार ?

 अर्थ बुलेटिन   ४ भदौ, २०८०



काठमाडौ । सोमबार सुनको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले साेमबारको मूल्यसूची तय गर्दै आइतबारकै मूल्यमा सुनचाँदीको कारोबार भइरहेको जनाएको हो ।   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साेमबार छापावाल सुन प्रतितोला  १ लाख १० हजार ३०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ९ हजार ७५० रुपैयाँ निर्धारण भएको छ ।

आइतबार समेत यही मूल्यमा सुन र चाँदीको कारोबार भएको महासंघले जनाएको छ । महासंघका अनुसार साेमबार १३ सय ९० रुपैयाँ प्रतितोला कायम छ । आइतबार पनि यही मूल्यमा चाँदीको कारोबार भएको थियो ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation