सन नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँट७ लाख ६८ हजार आवेदकलाई १० कित्ता सेयर

 अर्थ बुलेटिन   १५ भदौ, २०८०



 काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्राथमिक सेयर आईपीओ बाँडफाँट भएको छ । धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङले शुक्रबार बिहान कम्पनीको आईपीओ बाँडफाँट गरेको हो ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पूँजी ३ अर्ब २० करोडको ३० प्रतिशतले हुने ९६ करोड बराबरको ९६ लाख कित्ता साधारण सेयर निष्कानस गर्ने सवीकृति पाएको थियो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १३९ रुपैयाँ प्रिमियम थप गरी जम्मा मूल्य २३९ रुपैयाँ प्रतिकित्तामा साधारण सेयर निष्कास गर्न स्वीकृति पाएको हो ।

जसमध्ये ९ लाख ६० हजार कित्ता नेपाल सरकारको सम्वन्धित निकायबाट श्रम स्विकृती प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई, ४ लाख ८० हजार कित्ता सेयर सामूहिक लगानी कोषहरुलाई र कम्पनीमा कार्यरत कर्मचारीहरुलाई प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ४ लाख ८० हजार कित्ता सेयर निष्काशन तथा बाँडफाँट गरिसकेको छ ।

बाँकी रहेका ७६ लाख ८० हजार कित्ता साधारण सेयरका लागि कम्पनीले ३२ साउनदेखि ४ भदौसमम्म आवेदन माग गरेको थियो । उक्त अवधिमा आवेदन दिएका आवेदकलाई शुक्रबार सेयर बाँडफाँट भएको बिक्री प्रबन्धक नेपाल एसविआई मर्चेन्ट बैंकिङले जनाएको छ ।कम्पनीले सर्वसाधारणका लागि छुट्याइएको सेयरका लागि १४ लाख ६६ हजार ८६२ योग्य आवेदक मध्येबाट गोलाप्रथाको माध्यमवाट ७ लाख ६८ हजार आवेदकलाई १० कित्ताका दरले ७६ लाख ८० हजार कित्ता सेयर बाँडफाँट गरिएको छ । अन्य आवदकले भने कम्पनीको सेयर प्राप्त गर्न सकेनन् ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation