शुक्रबार सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

 अर्थ बुलेटिन   १५ भदौ, २०८०



 काठमाडौं । शुक्रबार स्थानीय बजारमा सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसयाी महासंघले निर्धारण गरेको मूल्यअनुसार अघिल्लो दिनको तुलनामा प्रतितोला तीन सय रूपैयाँले बढेको हो।

स्थानीय बजारमा छापावाला सुनको मूल्य एक लाख १२ हजार पाँच सय रुपैयाँ कायम भएको हो। अघिल्लो दिन छापावाला सुन प्रतितोला १ लाख १२ हजार आठ सय रुपैयाँमा करोबार भएको थियो।  यस्तै आज तेजाबी सुनको मूल्य पनि तोलामा तीन सय रुपैयाँले घटेर एक लाख लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको  छ।

शुक्रबार चाँदीको मूल्य १० रूपैयाँले घटेको छ। यस दिन चाँदी प्रतितोला एक हजार ४७० रूपैयाँमा कारोबार भएको छ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation