आज पनि घट्यो युरो र पाउण्ड, डलर स्थिर

 अर्थ बुलेटिन   १८ भदौ, २०८०



 काठमाडौं ।डलरको मूल्य सोमबार अघिल्लो दिनकै कायम भएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको दरअनुसार आइतबार कै मूल्य खरिददर १३२ रुपैयाँ ०५ पैसा र बिक्रीदर १३२ रुपैयाँ ६५ पैसा छ।

यस्तै,अघिल्लो दिन ५२ पैसाले घटेको युरोको मूल्य सोमबार ९३ पैसाले घटेको छ। आज युरो एकको खरिदमा आज १४२ रुपैयाँ २८ पैसा र बिक्रीमा १४२ रुपैयाँ ९३पैसा तोकिएको छ। त्यस्तै, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६६ रूपैयाँ २५ पैसा र बिक्रीदर १६७ रूपैयाँ एक पैसा तोकिएको छ।

त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिदमा भने ८५ रुपैयाँ २० पैसा र बिक्रीमा ८५ रुपैयाँ ५९ पैसा पाइन्छ। त्यसैगरी, क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ १२ पैसा र बिक्रीमा ९७ रुपैयाँ ५७ पैसा पाइन्छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ २२ पैसा र बिक्रीमा ३६ रुपैयाँ ३८ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ २१ पैसा र बिक्रीदर ३५ रुपैयाँ ३७ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ९५ पैसा र बिक्रीमा ३६ रुपैयाँ ११ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा आइतबार २८ रुपैयाँ ४१ पैसा र बिक्रीमा २८ रुपैयाँ ५४ पैसा पाइन्छ।सोमबार कुवेती दिनार एकको खरिदमा ४२८ रुपैयाँ ३९ पैसा र बिक्रीमा ४३० रुपैयाँ ३३ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५० रुपैयाँ २८ पैसा र बिक्रीदर ३५१ रुपैयाँ ८७ पैसा तोकिएको छ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation