बढ्यो अमेरिकी डलर, युरो र अष्ट्रेलियन डलरको भाउ, आज कुन मुद्रा कतिमा हुँदैछ किनबेच?

 अर्थ बुलेटिन   १९ भदौ, २०८०



 काठमाडौं । मंगलबार अमेरिकी डलरसँगै युरोपियन युरो र अष्ट्रेलियन डलरको भाउ बढेको छ। नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३२ रुपैयाँ १० पैसा र बिक्रीदर १३२ रुपैयाँ ७० पैसा कायम गरिएको छ।

सोमबार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ०५ पैसा र बिक्रीदर १३२ रुपैयाँ ६५ पैसा तोकिएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा ५ पैसा बढेको हो। त्यस्तै, आज युरोपियन युरो एकको खरिदमा भने १४२ रुपैयाँ ७२ पैसा र बिक्रीमा १४३ रुपैयाँ ३७ पैसा पाइन्छ।

सोमबार युरो एकको खरिददर १४२ रुपैयाँ २८ पैसा र बिक्रीमा १४२ रुपैयाँ ९३ पैसा तोकिएको थियो।  यस्तै, मंगलबार अष्ट्रेलियन डलरको भाउ पनि बढेको छ। आज अष्ट्रेलियन डलर एकको खरिदमा आज ८५ रुपैयाँ ४२ पैसा र बिक्रीमा ८५ रुपैयाँ ८१ पैसा तोकिएको छ।

अष्ट्रेलियन डलर अघिल्लो दिनको तुलनामा २२ पैसा बढेको हो। त्यसैगरी, क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ १६ पैसा र बिक्रीमा ९७ रुपैयाँ ६० पैसा पाइन्छ। पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६६ रुपैयाँ ८८ पैसा र बिक्रीदर १६७ रुपैयाँ ६३ पैसा तोकिएको छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ २४ पैसा र बिक्रीमा ३६ रुपैयाँ ४० पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ २२ पैसा र बिक्रीदर ३५ रुपैयाँ ३८ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ९६ पैसा र बिक्रीमा ३६ रुपैयाँ १३ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा मंगलबार २८ रुपैयाँ ३८ पैसा र बिक्रीमा २८ रुपैयाँ ५१ पैसा पाइन्छ।मंगलबार कुवेती दिनार एकको खरिदमा ४२८ रुपैयाँ ४० पैसा र बिक्रीमा ४३० रुपैयाँ ३४ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५० रुपैयाँ ४१ पैसा र बिक्रीदर ३५२ रुपैयाँ तोकिएको छ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation