बढ्यो अमेरिकी डलरको भाउ, आज कुन मुद्रा कतिमा हुँदैछ किनबेच?

 अर्थ बुलेटिन   २१ भदौ, २०८०



काठमाडौं ।बिहीबार अमेरिकी डलरको भाउ बढेको छ। नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३२ रुपैयाँ ७२ पैसा र बिक्रीदर १३३ रुपैयाँ ३२ पैसा कायम गरिएको छ।

बुधबार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ५७ पैसा र बिक्रीदर १३३ रुपैयाँ १७ पैसा कायम गरिएको थियो। यो मूल्य अघिल्लो दिनको १५ पैसा बढेको हो।

युरोपियन युरो एकको खरिदमा भने १४२ रुपैयाँ ५३ पैसा र बिक्रीमा १४३ रुपैयाँ १७ पैसा पाइन्छ। त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८४ रुपैयाँ ८७ पैसा र बिक्रीमा ८५ रुपैयाँ २५ पैसा तोकिएको छ।

क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ २९ पैसा र बिक्रीमा ९७ रुपैयाँ ७३ पैसा पाइन्छ। बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६६ रुपैयाँ ५८ पैसा र बिक्रीदर १६७ रुपैयाँ ३३ पैसा तोकिएको छ। 

यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ४० पैसा र बिक्रीमा ३६ रुपैयाँ ५७ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३५ रुपैयाँ ५४ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३६ रुपैयाँ १४ पैसा र बिक्रीमा ३६ रुपैयाँ ३० पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा बिहीबार २८ रुपैयाँ ४०  पैसा र बिक्रीमा २८ रुपैयाँ ५२ पैसा पाइन्छ।

बिहीबार कुवेती दिनार एकको खरिदमा ४३० रुपैयाँ २० पैसा र बिक्रीमा ४३२ रुपैयाँ १५ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५२ रुपैयाँ ०५ पैसा र बिक्रीदर ३५३ रुपैयाँ ६४ पैसा तोकिएको छ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation