तेस्रो दिन पनि घट्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार?

 अर्थ बुलेटिन   २१ भदौ, २०८०



काठमाडौं । नेपाली बजारमा बिहीबार पनि सुनको मूल्य घटेको छ।  मंगलबारदेखि घट्ने क्रममा रहेको सुनको भाउले यसदिन पनि निरन्तरता पाएको हो।  मंगलबार र बुधबार प्रतितोला तीन सय रुपैयाँका दरले घटेको सुनको मूल्य यसदिन प्रतितोला चार सय रुपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार चार सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।  बुधबार छापावाल सुन प्रतितोला एक लाख १२ हजार चार सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार आठ सय ५० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १४ सय १० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदी प्रतितोला १४ सय ३० रुपैयाँमा कारोबार भएको थियो। 

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २० रुपैयाँ घटेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय १९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation