गरिमा विकास बैंकद्वारा तीज विशेष गीत र टिकटक प्रतियोगिता सार्वजनिक

 अर्थ बुलेटिन   २५ भदौ, २०८०



काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले नेपाली नारीहरुको महान चाड हरितालिका तीजलाई लक्षित गरी तीज विशेष गीत सार्वजनिक गरेको छ । 

करिब ३ मिनेट लामो उक्त गीतमा लोकगीत गायक एवं संगितकार घनश्याम रिजालको शब्द र गायिका समिक्षा अधिकारीको स्वर रहेको छ । बैंकको आधिकारीक युटुव च्यानल र टिकटकबाट उक्त गित हेर्न र सुन्न सकिने बैंकले जनाएको छ । 

 

साथै, हरितालिका तीजलाई अझ विशेष बनाउन हेतु यस विकास बैंकले तीज विशेष टिकटक प्रतियोगिता “गरिमा तीज” पनि सार्वजनिक गरेको छ । बंैकले जारी गरेको तीज विशेष गीतमा टिकटक भिडियो बनाउने मध्ये सबैभन्दा धेरै लाईक आउने उत्कृष्ट १० भिडियोहरुमध्ये प्रथमलाई रु ३०,०००, द्धितियलाई रु २०,०००, तृतियलाई रु १०,००० र बाँकि ७ वटा भिडियोलाई जनही रु ५,००० सान्त्वना पुरस्कार प्रदान गरिने बैंकले बिज्ञप्ती मार्फत जनाएको छ । 

 

बैंकले जारी गरेको विज्ञप्तीः

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation