शुक्रबार कतिमा साटिन्छन् अमेरिकी, क्यानेडियन डलर र दिनार ?

 अर्थ बुलेटिन   १२ असोज, २०८०



काठमाडौं । राष्ट्र बैंकले शुक्रबारको विनिमय दर सार्वजनिक गरेको छ। नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ८० पैसा र बिक्रीदर १३३ रुपैयाँ ४० पैसा कायम गरिएको छ।

क्यानेडियन डलर एकको खरिदमा ९८ रूपैयाँ ४२ पैसा र बिक्रीमा ९८ रूपैयाँ ८७ पैसा पाइन्छ। यस्तै, युरोपियन युरो एकको खरिदमा १३९ रूपैयाँ ८९ पैसा र बिक्रीमा १४० रूपैयाँ ५२ पैसा पाइन्छ।त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८४ रूपैयाँ ८६ पैसा र बिक्रीमा ८५ रूपैयाँ २४ पैसा तोकिएको छ। यस्तै, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १६१ रूपैयाँ ९० पैसा र बिक्रीदर १६२ रूपैयाँ ६३ पैसा तोकिएको छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ४२ पैसा र बिक्रीमा ३६ रूपैयाँ ५९ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ४१ पैसा र बिक्रीदर ३५ रूपैयाँ ५७ पैसा तोकेको छ।युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ १५ पैसा र बिक्रीमा ३६ रूपैयाँ ३२ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा शुक्रबार २८ रूपैयाँ २१ पैसा र बिक्रीमा २८ रूपैयाँ ३३ पैसा पाइन्छ।

शुक्रबार कुवेती दिनार एकको खरिदमा ४२९ रूपैयाँ ५१ पैसा र बिक्रीमा ४३१ रूपैयाँ ४५ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५२ रूपैयाँ २५ पैसा र बिक्रीदर ३५३ रूपैयाँ ८५ पैसा तोकिएको छ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation