अमेरिकी डलर स्थिर रहँदा घट्यो युरो र पाउण्ड, आज कुन मुद्रा कतिमा हुँदैछ किनबेच?

 अर्थ बुलेटिन   १५ असोज, २०८०



 काठमाडौं । सोमबार अमेरिकी डलरको भाउ स्थिर रहेको छ। आइतबार एकको खरिददर १३२ रुपैयाँ ५७ पैसा र बिक्रीदर १३३ रुपैयाँ १७ पैसामा कारोबार भएको अमेरिकी डलर आज पनि सोही भाउमा किनबेच भएको छ।

नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको विनिमय दर अनुसार युरोपियन युरोको एकको खरिददर १४० रुपैयाँ १५ पैसा र बिक्रीदर १४० रुपैयाँ ७९ पैसा तोकिएको छ। आइतबार युरो एकको खरिदमा भने १४० रुपैयाँ ४७ पैसा र बिक्रीमा १४१ रुपैयाँ ११ पैसा कायम गरिएको थियो। आइतबारको तुलनामा आज युरो ३२ पैसा घटेको हो।यस्तै, सोमबार पाउण्ड स्टर्लिङ एकको खरिदमा भने १६१ रुपैयाँ ७३ पैसा र बिक्रीमा १६२ रुपैयाँ ४६ पैसा पाइन्छ।यो मूल्य आइतबारको तुलनामा ७७ पैसा घटेको हो।

अष्ट्रेलियन डलर एकको खरिदमा भने ८५ रुपैयाँ ३१ पैसा र बिक्रीमा ८५ रुपैयाँ ६९ पैसा पाइन्छ।त्यसैगरी, क्यानेडियन डलर एकको खरिदमा आज ९७ रुपैयाँ ६४ पैसा र बिक्रीमा ९८ रुपैयाँ ०८ पैसा तोकिएको छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ३६ पैसा र बिक्रीमा ३६ रुपैयाँ ५२ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३५ रुपैयाँ ५१ पैसा तोकेको छ। युएई दिराम एकको खरिदमा ३६ रुपैयाँ ०९ पैसा र बिक्रीमा ३६ रुपैयाँ २६ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा सोमबार २८ रुपैयाँ २३ पैसा र बिक्रीमा २८ रुपैयाँ ३६ पैसा पाइन्छ।

सोमबार कुवेती दिनार एकको खरिदमा ४२९ रुपैयाँ ०३ पैसा र बिक्रीमा ४३० रुपैयाँ ९७ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५१ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३५३ रुपैयाँ २५ पैसा तोकिएको छ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation