१९५६.९२ बिन्दुमा नेप्से, सिटिजन लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार

 अर्थ बुलेटिन   १८ असोज, २०८०



काठमाडौं ।  साताको अन्तिम कारोबार अर्थात् बिहीबार नेप्से परिसूचक ११.०४ अंकले घटेको छ। यसदिन नेप्से ०.५६ प्रतिशतले घटेर १९५६.९२ बिन्दुमा बन्द भएको छ। बिहीबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ।

गत कारोबार दिन १ अर्ब १८ करोड ९९ लाख ३१ हजार ३८५ रुपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम घटेर १ अर्ब १० करोड ६५ लाख १९ हजार ४१८ रुपैयाँमा सीमित भएको छ। यस दिन २८० वटा धितोपत्रको ३५ लाख ६२ हजार ६२४ कित्ता सेयर किनबेच भएको हो।

बिहीबार बाराही हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक ९.३० प्रतिशतले बढेको छ।  उक्त कम्पनीको सेयर मूल्य ५०२ रुपैयाँ ८० पैसा पुगेको छ। यस्तै, इष्टर्न हाइड्रापावरेको सेयरमूल्य ८.२६ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ३७८ रुपैयाँ ९० पैसा पुगेको छ।

सेयर मूल्य सर्वाधिक घट्नेमा इन्फिनिटी लघुवित्त रहेको छ। उक्त कम्पनीको सेयर मूल्य ९.९४ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ६४३ रुपैयाँमा झरेको छ।  यस्तै, मध्य भोटेकोशी जलविद्युतको सेयर मूल्य ६.४६ प्रतिशतले घटेर प्रति कित्ता मूल्य २८४ रुपैयाँमा सीमित भएको छ।

बिहीबार सिटिजन लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको प्रतिकित्ता ४४२ रुपैयाँमा ४ करोड ४३ लाख बराबरको सेयर कारोबार भएको हो। यो मूल्य अघिल्लो दिनको तुलनामा १.२७ प्रतिशत घटेको हो।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा नबिल बैंक रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ५८१ रुपैयाँ ७० पैसामा ३ करोड १८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये म्युचुअल फण्ड समूहको परिसूचक ०.२४ प्रतिशतले बढेको छ भने बाँकी सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो। यसदिन होटल्स तथा पर्यटन समूहको परिसूचक सर्वाधिक १.१७ प्रतिशतले बढेको हो।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation