कुमारी बैंकको ‘टिका अघि नै दक्षिणा’ योजना

 अर्थ बुलेटिन   २२ असोज, २०८०



काठमाडौं । नेपालीहरुको महान चाड बडा दशैंलाई लक्षित गर्दै कुमारी बैंक लिमिटेडले  ‘टिका अघि नै दक्षिणा’ योजना सार्वजनिक गरेको छ ।

यस योजनामा कार्ड तथा मोबाइल बैंकिङ्ग मार्फत भुक्तानि कारोबार गर्दा हरेक दिन पहिलो ५०/५० जनालाई बैंकद्वारा २५%  अधिकतम ५०१ रुपैया सम्म Cash back दिइने छ । Cash back रकम एइक्, POS, QR Payment तथा online payment बाट गरीने कारोबारमा प्रदान गरिनेछ । 

चाडबाडको यस अवसरमा कुमारी बैंक लिमिटेडले नेपाली समुदायको खुसीमा साथ दिन आफ्नो अटल प्रतिबद्धता स्वरुप उपरोक्त सुविधाहरु आगामी असोज २८ देखी कार्तिक ५ गते सम्म लागु हुने बैंकले एक विज्ञप्ती जारी गरी जनाएको छ । 

कुमारी बैंकले देशभर रहेका ३०८ शाखा (प्रधान कार्यालय बाहेक), ४९ वटा विस्तारित काउन्टर, ३०९ एटिएम, र ६४ शाखारहित बैंकिङ्ग एकाइहरू सहितको आफ्नो बृहत सञ्जाल सहित बैंकिङ प्रक्रियालाई सरलीकरण, पहुँच अभिवृद्धि र ग्राहक सेवामा उत्कृष्टता ल्याउने प्रतिबद्धतालाई जनाएको छ ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation