आजको बिदेशी मुद्राको बिनिमय दर, युरोको भाउ १४० रुपैयाँ बढी

 अर्थ बुलेटिन   १ कार्तिक, २०८०



काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा कायम गरिएको छ ।

राष्ट्र बैंकले आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ९२ पैसा र बिक्री दर १३३ रुपैयाँ ५२ पैसा तथा युरोपियन युरो एकको खरिद दर १४० रुपैयाँ ५१ पैसा र बिक्री दर १४१ रुपैयाँ १४ पैसामा कारोबारको अनुमति दिएको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १६१ रुपैयाँ ८७ पैसा र बिक्री दर १६२ रुपैयाँ ६० पैसाले भाउँ पाउँदा क्यानेडियन डलर १ को खरिददर ९७ रूपैयाँ ९२ पैसा तथा बिक्रीदर ९७ रूपैयाँ ९६ पैसा तथा अष्ट्रेलियन डलर १ को खरिद दर ८४ रूपैयाँ ५२ पैसा तथा बिक्री दर ८४ रूपैयाँ ९१ पैसा कायम गरिएको छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४४ पैसा र बिक्री दर ३६ रुपैयाँ ६१ पैसा रहेको जनाएको राष्ट्र बैंकले साउदी रियाल १ को ३५ रूपैयाँ ४४ पैसा तथा बिक्री दर ३५ रूपैयाँ ६० पैसा कायम गरिएको छ ।  



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation