बेलायतका प्रधानमन्त्री ऋषि सुनक पनि इजरायल पुग्दै

 अर्थ बुलेटिन   २ कार्तिक, २०८०



तेलअहिब, २ कार्तिक । बेलायती प्रधानमन्त्री ऋषी सुनक आज इजरायल पुग्दैछन् ।

अमेरिकी राष्ट्रपति जो वाइडेन इजरायल पुगेको भोलीपल्ट बेलायती प्रधानमन्त्री सुनक पनि पुग्न लागेका हुन । 

बेलायती प्रधानमन्त्री ऋषि सुनक इजरायलमा भएको आतंकवादी हमलाका बीच बिहीबार तेल अहिबमा अबतरण गर्नेछन । जहाँ उनले आफ्ना समकक्षी प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग भेट गर्नेछन् ।

सो क्रममा  सुनकले इजरायलका प्रधानमन्त्री नेतान्याहुका साथै इजरायली राष्ट्रपति इसाक हर्जोगलाई भेटबार्ता गर्नेछन् ।

उनी यस क्षेत्रको दुई दिने भ्रमणका क्रममा अन्य देशको पनि भ्रमण गर्ने अपेक्षा गरिएको छ ।

डाउनिङ स्ट्रिटका अनुसार सुनकले ‘हमासको क्रूर आतंकवादी हमलाको परिणाम स्वरूप इजरायल र गाजामा भएको भयावह जनधनको क्षतिको लागि शोक व्यक्त गर्नेछन्।’

प्रधानमन्त्रीले गाजामा प्रवेश गर्ने मानवीय सहायताको मार्ग जति सक्दो चाँडो खोल्न र त्यहाँ फसेका बेलायती नागरिकहरूलाई छोड्नका लागि पनि दबाब दिने छन्।

उता, विदेशमन्त्री जेम्स क्लिभरलीले आगामी केही दिनमा इजिप्ट, टर्की र कतारको भ्रमण गर्दैछन् ।

बेलायती अधिकारीहरूले यो पनि औंल्याएका छन कि रक्षा सचिव ग्रान्ट शाप्सले बुधवार वाशिंगटनमा आफ्ना अमेरिकी समकक्ष लोयड अस्टिनलाई उनीहरूको दृष्टिकोण समन्वन गर्नका लागि भेटवार्ता गरेका छन् ।

उता, वाइडेन इजरायल पुगे पछि इरान माथी थप प्रतिबन्ध लगाउने घोषणा गरिएको थियो । इजरायल र हमास युद्धका बीच अमेरिकाले इरानमाथि नयाँ प्रतिबन्धको घोषणा गरेको हो ।  अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले अमेरिकाले इरानको ब्यालेस्टिक मिसाइल र यूएभीमाथि प्रतिबन्ध लगाउने घोषणा गरेको बताएका छन् ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस





थप अन्तर्राष्ट्रिय खबर

पाकिस्तानी प्रधानमन्त्रीको नीजी जीवनः चार पत्नीमा लेखिका देखी मोडेलसम्म

पाकिस्तानी प्रधानमन्त्रीको नीजी जीवनः चार पत्नीमा लेखिका देखी मोडेलसम्म


अमेरिकाको १२ राज्यमा फैलियो प्रदर्शन, २ को मृत्यु, ११ सय बढी पक्राउ

अमेरिकाको १२ राज्यमा फैलियो प्रदर्शन, २ को मृत्यु, ११ सय बढी पक्राउ


शेष घले एनआरएनएमा श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध चयन

शेष घले एनआरएनएमा श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध चयन

एनआरएनएः एकता महाधिवेशन तोकिएको मितिमै सम्पन्न हुने

एनआरएनएः एकता महाधिवेशन तोकिएको मितिमै सम्पन्न हुने


नियम तोडेको भन्दै एप्पल र फेसबुकलाई युरोपेली आयोगले लगायो ७०० युरो जरिवाना

नियम तोडेको भन्दै एप्पल र फेसबुकलाई युरोपेली आयोगले लगायो ७०० युरो जरिवाना


गाजामा युद्दबिराम गराउनु पर्ने चीनको माग

गाजामा युद्दबिराम गराउनु पर्ने चीनको माग


गाजाबाट १० लाख मानिस विस्थापितः राष्ट्रसंघ

गाजाबाट १० लाख मानिस विस्थापितः राष्ट्रसंघ


इजरायललाइ हैरान गराउने हमासकाे ५ सय किमी लामाे भुमीगत सुरूङ

इजरायललाइ हैरान गराउने हमासकाे ५ सय किमी लामाे भुमीगत सुरूङ


अमेरिकी राष्ट्रपति बाइडेन र प्रधानमन्त्री दाहालबीच भेटवार्ता

अमेरिकी राष्ट्रपति बाइडेन र प्रधानमन्त्री दाहालबीच भेटवार्ता



विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation