सेयर बजार २८.१८ अंकले घट्यो

 अर्थ बुलेटिन   १२ कार्तिक, २०८०



काठमाडौं । दशैं बिदापछि खुलेको पहिलो दिन आइतबार सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । १० दिनपछि खुलेको पहिलो दिन आइतबार सेयर बजार २८.१८ अंकले ओरालो लागेको हो ।

यसदिन नेप्से परिसूचक २८.१८ अंकले घटेर १८७५.६५ बिन्दुमा पुगेर बन्द भएको छ । २७ लाख १२ हजार १२३ कित्ता सेयर किनबेच हुँदा ७४ करोड २९ लाख २५ हजार ३९२ रुपैयाँको कारोबार भएको छ ।

कारोबारका आधारमा नेशनल हाइड्रोपावर कम्पनी ४ करोड ८ लाख ५६ हजार रुपैयाँको काराबारका साथ शीर्ष स्थानमा रहँदा कारोबारको पहिलो दिन नै सोनपुर मिनरल्स एन्ड आयल लिमिटेडको सेयरमा नकारात्मक सकिर्ट लगेको छ ।  

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation