११ माघ, २०८१ | 24 Jan, 2025
काठमाडौं । साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेड (STC) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ।
साल्ट ट्रेडिङ्गले चैत २३ गते, शुक्रबार, त्रिभूवन आर्मी अफिसर्स क्लब, भद्रकालि, काठमाडौँमा ५७ औँ वार्षिक साधारण सभा बोलाएको हो। सो सभा बिहान ११ बजे शुरु हुनेछ।
सभाले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७९ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यसैगरी, सभाले ऋण सुविधा लिने, लेखापरीक्ष नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले चैत ९ गतेदेखि २३ गतेसम्म बुकक्लोज गर्ने भएको छ। यस अनुसार चैत ८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।