आइतबार अमेरिकी डलरको भाउ स्थिर, युरो र पाउण्ड भने घट्यो

 अर्थ बुलेटिन   १८ चैत, २०८०



आइतबार अमेरिकी डलरको भाउ स्थिर रहेको छ। शुक्रबार एकको खरिददर १३३ रूपैयाँ १५ पैसा र बिक्रीदर १३३ रूपैयाँ ७५ पैसामा कारोबार भएको अमेरिकी डलर आइतबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ।

नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको विनिमय दर अनुसार पाउण्ड एकको खरिदमा १६७ रूपैयाँ ९४ पैसा र बिक्रीदर १६८ रूपैयाँ ६९ पैसा तोकिएको छ। शुक्रबार पाउण्ड एकको खरिददर १६८ रूपैयाँ ०८ पैसा र बिक्रीदर १६८ रूपैयाँ ८३ पैसा कायम गरिएको थियो।

युरोपियन युरो एकको खरिददर आज १४३ रूपैयाँ ६६ पैसा र बिक्रीदर १४४ रूपैयाँ ३१ पैसा तोकिएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ६ पैसा घटेको हो। त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिदमा भने ८६ रूपैयाँ ७१ पैसा र बिक्रीमा ८७ रूपैयाँ १० पैसा पाइन्छ।

त्यसैगरी, क्यानेडियन डलर एकको खरिदमा भने ९८ रूपैयाँ २५ पैसा र बिक्रीमा ९८ रूपैयाँ ६९ पैसा पाइन्छ। यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ५१ पैसा र बिक्रीमा ३६ रूपैयाँ ६८ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ५० पैसा र बिक्रीदर ३५ रूपैयाँ ६६ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ २६ पैसा र बिक्रीमा ३६ रूपैयाँ ४२ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा आइतबार २८ रूपैयाँ १८ पैसा र बिक्रीमा २८ रूपैयाँ ३१ पैसा पाइन्छ।

आइतबार कुवेती दिनार एकको खरिदमा ४३२ रूपैयाँ ७७ पैसा र बिक्रीमा ४३४ रूपैयाँ ७२ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५३ रूपैयाँ १७ पैसा र बिक्रीदर ३५४ रूपैयाँ ७७ पैसा तोकिएको छ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation