११ माघ, २०८१ | 24 Jan, 2025
काठमाडौं । बिहीबार सुनको मूल्य प्रतितोला दुई हजार रुपैयाँ र चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले बढेको छ ।
नेपाली सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख ३६ हजार ५०० रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख ३५ हजार ८५० रुपैयाँ कारोबार भईरहेको छ । बुधबार छापावाला सुन प्रतितोला एक लाख ३४ हजार ५०० रुपैयाँमा र तेजाबी सुन एक लाख ३३ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, यस दिन सुनको मूल्यसँगै चाँदीको मूल्य पनि बढेको छ। बुधबार एक हजार ६३० रुपैयाँमा कारोबार भईरहेको चाँदी, आज एक हजार ६४५ रुपैयाँका खरिदबिक्री भईरहेको छ ।