ओलीको कदमपछि माधव–झलनाथ पक्ष आकस्मिक छलफलमा

 अर्थबुलेटिन संवाददाता   २८ फागुन, २०७७



काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्ष आकस्मिकबैठक बोलाएको छ ।अध्यक्ष केपी शर्मा ओलीले स्थायी समिति भंग गरेपछि नेपाल पक्ष आकस्मिक छलफलमा जुटेको हो । नेपाल पक्षले निर्णय सार्वजनिक भए लगत्तै भावी कदमबारे छलफल गर्न  आफू निकट स्थायी समिति सदस्यहरुको बैठक बोलाएको हो ।

नयाँ बानेश्वरस्थित अर्याल होटलमा नेपाल पक्षका स्थायी कमिटि सदस्यहरु जम्मा भएका छन्। ओलीले छापामार शैलीमा आफू पक्षीय केन्द्रीय कमिटिको बैठक राखेर शुक्रबार दिउँसो नेपाल पक्षमा रहेका प्रदेश इन्चार्जको जिम्मेवारी समेत खोसेका छन्। उक्त निर्णयपछि एमाले तिक्तता झन् जटिल बनेको छ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation