कांग्रेस र जसपा बैठकः मिलेर जाने विषयमा छलफल, ठोस सहमति भएन

 अर्थबुलेटिन संवाददाता   २८ फागुन, २०७७



काठमाडौं । नेपाली कांग्रेस र जनता समाजवादी पार्टीबीच सत्तामा सहकार्य गरेर जानेबारे छलफल भएको छ । शुक्रबार  कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा दुई दलका नेताहरुबीच भएको छलफलमा जसपाले उक्त प्रस्ताव गरेको हो ।  जसपाका अध्यक्ष महन्थ ठाकुरले दलहरूसँग मिलेर जाने छलफल भएको भन्दै आज कुनै   ठोस सहमति नगरी बैठक  टुंगिएको बताए ।

उनले भने,  ‘मिलेर जाने विषयमा छलफल भयो। केही सहमति भएको छैन। वृहत छलफल गर्नुपर्ने आवश्यकता छ, ।’ अब आफूहरुले माओवादी केन्द्रसँग पनि छलफल गर्ने बताए । प्रधानमन्त्रीमा तपाईंकै नाम चर्चामा छ भन्ने प्रश्नमा पत्रकारलाई उनले धन्यवाद दिए ।  ‘यस्तो राम्रो खबर त्यसका लागि तपाईलाई धन्यवाद छ । प्लिजिङ सरप्राइज,’ उनको जवाफ थियो ।

काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पनि आजको बैठकले सत्ता समीकरणको बहस प्रवेश पाएको बताए । शर्मालेछलफल सकारात्मक भएको छ । प्रतिपक्षको हैसियतले भूमिका काँग्रेसले खेल्नुपर्छ भन्ने उहाँहरूको भनाइ आएको छ । भोलि माओवादीसँग पनि छलफल गर्छौ ।

त्यसका लागि अब काँग्रेसले अग्रसरता दिनुपर्नेमा जसपा नेताहरूबाट राय आएको उनको भनाइ छ  । ‘थप परिपक्वताको प्रतिक्षा गर्नैपर्छ,’ शर्माले भने, ‘एकै धारणामा उपर्युक्त ढंगले सोच निर्माण गरेर अगाडि बढ्छौँ।’



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation